लेखनाथ महोत्सवमा चित्रकला प्रतियोगिता हुने
पाेखरा | मंसिर २३, २०८०
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औं संस्करणको लेखनाथ महोत्सवमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । पुस १ गते चित्रकला प्रतियोगिता गर्ने निर्णय भएको विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार प्रदान गरिनेछ भने सहभागीहरु सबैलाई समेत प्रोत्साहनको व्यवस्था गरिएको छ । ‘‘प्रतियोगितामा विद्यार्थीहरले कोरेका चित्रहरुलाई महोत्सवमा प्रर्दशनी एवं बिक्रिको लागी समेत राखिनेछ जसबाट विद्यार्थीहरुले अतिरिक्त आयआर्जन समेत गर्न सक्नेछन’’ –संयोजक ढुंगानाले बताए ।
महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि हुनेछन भने विद्यार्थीहरुलाई महोत्सव अवलोकनको लागी विद्यार्थी परिचय पत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघक िमहासचिव जानुका पराजुली, द्धितीय उपाध्यक्ष विक्रम कर्माचार्य, एन प्याब्सनका केन्द्रीय सदस्य शिवदत्त तिवारी, हिसान कास्कीका अध्यक्ष यम बहादुर रोका, युनिप्स नेपालकी अध्यक्ष शान्ता गुरुङ्ग लगायतले बोलेका थिए ।
पोखरा: पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

